बझाङ, ६ साउन । बझाङको बुंगल नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । नगरपालिका वडा नँ २ को गिरौँमा ट्याक्टर दुर्घटना हुँदा सोहि गाउँका ४५ वर्षीय मान बहादुर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी कमल चौधरीले अनुसार मंगलबार राति ८ बजेतिर कालंगा हाइड्रोपावरको सुरुङ निर्माणको लागि बालुवा लोड गर्नेक्रममा से २ प २५६६ नम्बरको रोकेर राखेको ट्याक्टर अचानक गुडेपछी कालंगा हाइड्रोपावरमा मजदुरी गर्दै आएका धामी च्यापिएर घाईते भएका थिए ।
घाईते धामीलाई उपचारको लागि देउलेख प्रथामिक स्वास्थ्य केन्द्रमा लगिएको थियो मंगलबार राति उपचारकै क्रममा देउलेख प्राथमकि स्वास्थ्य केन्द्रमा धामीको मृत्यु भएको हो ।
घटना मंगलबार भएको भएपनि मोबाईल नेटवर्कको समस्या हुदाँ जानकारी ढिला आएको चौधरीले बताए । मृत्यु हुनेमा कन्चनपुरको झलारी घर भएका बर्ष २६ का ट्याक्टर चालक धर्मराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको समेत सुचना अधिकारी चौधरीले बताए ।
प्रतिक्रिया