स्वर्गकी अप्सरा रारा : अनि हाम्रो रारा यात्रा « Nepal Page



स्वर्गकी अप्सरा रारा : अनि हाम्रो रारा यात्रा

सानै देखी निकै नै शुन्दर नगरको कुरा चल्दा राराको उदाहरण सुन्दै हुर्कीएकी म । हेर्न ईच्छा तिब्र ,रारा बारे अनेकौ कल्पना मनमा तर जाने साहस भने न्यून । समय वित्दै जादा रारा जाने सपना अहिले मात्र पुरा भयो ।

२०७७ को अन्त्य तिर रारा पुग्ने निर्णय गरेर म र मेरो श्रीमान राराको भ्रमणमा निस्कियौँ । भनिन्छ नि, आफ्ना रहर पुरा गर्नलाई साथीको आवश्यक्ता को पनि महत्व हुन्छ मलाई श्रीमानको साथमा रारा जान पाउदा निकै खुसी लागेको थियो । हामी नेपालगञ्जबाट राराको लागी हवाई मार्फत उड्यौ । उड्दै गर्दा हावाको कारणले सानो टुईनएटर भएको हुदा सातो नै लियो । अलि पुरानो हवाई त्यसमा बिचमा हावाको बेगले पहिलो पटक हिमाली क्षेत्रको भ्रमणमा निस्कने जो कोहीको सातो पक्कै जान्छ । मुगुको ताल्चा विमानस्थलमा अवतरण हुनको लागी लगभग ४० मिनेट लाग्यो तर मलाई अति नै डरले होला ४ घण्टा जस्तै भएको थियो ।

विमान भित्रको व्यवस्थापन एकदमै कमजोर रहेको थीयो । हेर्दा म अचम्मीत भए , मुगुका अधिकांस मानिस हवाईमार्ग मार्फत आवत जावत गर्छन तर पनि सरकारले त्यहाको लागी नत धावनमार्गको व्यवस्थापन गरेको छ नत हवाइको नै । पुराना टुईनएटर, ज्यान नै जोखीममा राखेर आवत जावत गर्नु पर्ने । स्थानीय सरकार गठन भएपनि मुगुका मानिसहरुलाई सरकारको अत्तोपत्तो नै रहेनछ । ठुलावडा आउदा हेलिप्रयोग गर्ने तर सर्वसाधरणको लागी भने वास्ता गरेको देखिएन ।

४० मीनेटको उडान पछि ताल्चा विमानस्थलमा पुगीयो मन बल्ल शान्त भयो बाँचीयो जस्तो लाग्यो । त्यहा पाईला टेक्नासाथ फरक दुनीयाँमा पुगेको अनुभव भयो । कति शुन्दर कति शान्त, चिसो वरिपरि चट्टानका अग्ला पहाड । धेरै लुगा लगाएर मुख पनि नदेखीने गरेर हामीलाई टुलुटुलु हेरिरेका ति निर्दाेष अनुहार । म एकैछिन त्यही बस्न चाहन्थे तर हामीलाई त्यहाँबाट निकै टाढा जानु छ भनेर श्रीमानले सम्झाउनु भयो । त्यहाँ बाट हामीले घोडा चढ्नु थियो २ वटा घोडा हाम्रोलागी तयारी अवस्थामा थिए । साना भाईहरु घोडा समातेर बसीरहेका थिए । मैले हतारमा सेतो घोडा रोजे श्रीमान निकै खुसी हुनुहुन्थ्यो म रमाएको देख्दा ।

घोडा चढ्ने मेरो पहिलो अनुभव थियो सुरुको १,२ पाईला म रमाए तर जब घोडा दगुर्न थाल्छ म रोईदिन्थे डराउथे । सारै सानो बाटो उकालो पहाड चढ्नु थियो डर रै डरमा ३ घण्टाको घोड सवारी पछि रारा छेउमा पुगियो । रारा पुग्दा करिब ५ बजेको थियो । समुन्द्र सतहबाट २९ सय ९० मिटरको उचाइमा रहेको रारा निकै राम्रो लालायीत बनाउने दृश्य थियो । चिसो निकै बढ्दै थियो । हिउपर्छ दिदि छिटो जानुपर्छ फेरि जान सकिदैन भनेर मेरो घोडा समाउने भाईले भनेपछि मन आतियो ।

वरिपारि जंगल मात्र थियो आखाले देख्न सक्नेसम्म पनि कुनै घर देखिएन । हिउँले बाटोमा निकै असहज गरायो । घोडालाई पनि गाह्रो , त्यो घोडा समाएर हिड्ने भाईहरुलाई पनि झन कति गाह्रो भयो । अनि हामी राराको छेउ निकै नै गाह्रो गरि त्यहाबाट १ घण्टामा होटल पुगीयो । अब अलि आराम भयो । तर होटल पुरै हिउले सेताम्मे भएको थियो । त्यहा ठुला ठुला काठका मुडा बालेर धेरै मानिसहरु बसेका थिए । हामी एकैछिन बस्यौ चिसोले होला मेरो हात खुट्टा चलाउन पनि सकेको थिईन ।

काठका सुन्दर घर, सबै हिले सिंगारेको जंगल पनि सेतो दृश्य एकदमै मनमोहक थियो । अर्काेदिन बिहान रारा घुम्नुपर्छ भनेर हामी आगो तापेर बस्ने मन हुदा हुदै पनि चिसो ओछ्नमा पस्यौँ । राती पनि त्यहाका मानिसको बारेमा सोच्दै गए । बिरामी हुदा के गर्छन होला ? समयमा पक्कै अस्पताल पुग्ने निश्चित त्यहा थिएन । लगाएत अन्य कुरा सोच्दै गर्दा बिहान बिहान भएछ । हामी हतार हतार नास्ता गरेर रारा तर्फ लाग्यौ । पारिलो घामले हामीलाई स्वागत गरेझै लाग्यो । बल्ल रारा छुने सपना पुरा हुदै थियो ।

त्यहा बोटीङ गरेपछि हामी त्यहाबाट फर्कियौ । हामीलाई राराको सबै आकृती उचाईबाट हेर्नु थियो त्यसैले हामी घोडा चडेर एकदमै अफ्ठेरोे बाटो हुदै मुर्माटपको यात्रामा निस्कीयाँै । तालको पुरा आकृती हेर्नको लागि समुन्द्री सतहबाट करीब ४ हजार मिटर उचाईमा रहेको मुर्मा टप नै उपयुक्त स्थल हो । घामको किरण अनुसार राराले आफ्नो कलर फेर्ने गर्दछ । मुर्माटप पुग्न निकै गाह्रो भएको थियो समय समयमा बेकारमा आएको भन्ने पनि लाग्यो फेरि श्रीमान ज्यूको अनुहारमा खुशी देख्दा डर पनि पर जान्थ्यो । हामी २ घण्टा ३० मीनेटको घोड सवारी पश्चात मुर्माटप पुग्यौँ त्यहाँ पुगेर बल्ल म मुसँुक्क हासेकी थिएँ । म शब्दमा बयान गर्न सक्दिन राराको यो सुन्दरता प्रकृतीले निकै मेहेनतले बनाएको जस्तो । हामी निकै बेर त्यहाँ बस्यौँ सुन्दर तस्बिरहरु लियौ ।

श्रीमानले मलाई र मैले उहाँलाई धन्यवाद दियौ यति सुन्दर ठाउँमा संगै छाँै भनेर हामी नेपालका अन्य ठाउमा संगै घुम्ने जति न विकट भएपनि आन्तरिक पर्यटकको भुमीका हामी निर्वाह गर्नेछौँ भनेर वाचा लियौ । फेरि हामी मुर्माटप छोडेर तल पुग्नु थियो । हामी त्यहाबाट १ घण्टा ४५ मिनेट हिडेर होटल पुगीयो । अध्यारो भएको थियो अर्काेदिन फर्किनु थियो राराको मीठो यादमा हवाईमार्गको डरले फेरि सताउन थाल्यो । डर माने पनि फकिर्ने माध्यम त्यहि थियो । विकल्पमा २ दिनको बसको यात्रा समय अभाव थियो ।

रारा तालको लम्बाई ३.२ किलोमिटर र गहिराई १ सय ६७ मिटर छ । रारा ताल कुल १०.८ किलोमिटरमा फैलिएको छ । नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रुपमा रारा ताललाई लिइन्छ । मुगु जिल्लामा रहेको रारा ताललाई राजा महेन्द्र बीरबिक्रम शाहले वि.स २०२० सालमा स्वर्गकी अप्सरा भनेर नामकरण गरेका थिए । मुगु जिल्ला राराको नामले प्रसिद्ध छ । सुन्दर राराको मनोरम लालायीत बनाउने दृश्य हेर्न नेपालका मात्र नभई विदेशी पनि पुग्ने गर्दछन् । तरपनि सरकारले एकमात्र उच्च स्थानमा रहेको राराको संरक्षण त्यस क्षेत्रको व्यवस्थापन गर्न नसक्दा राराले एक्लै गीज्जाई रहेको लाग्यो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2021 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board