थप सांसद आफ्नो पक्षमा आउने नेपाल समूहको दाबी

काठमाडौं, ५ असार । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आफ्नो पक्षमा थप सांसद आउने निष्कर्ष निकालेको छ । नेपाल पक्षका सांसदहरूको आज मङ्गलवार बसेको बैठकले आफूहरूले उठाएका माग र मुद्दा स्थापित हुँदै गएकाले केपी शर्मा ओली पक्ष छाडेर अझै धेरै सांसद आउने निष्कर्ष निकालेको हो ।आफूहरूको माग र मुद्दा जनमत र सर्वोच्चले पनि सही साबित गरिदिएको, आफूहरू झनै बलियो भएको र सत्यको बाटोमा हिँडेको पुष्टि भएको नेतृ रामकुमारी झाक्रीले बताईन । आफूहरूलाई स्पष्टीकरण सोध्ने ओली समूहको निर्णय मिडिया खपतका लागि मात्रै आएको र आफूहरूलाई कतैबाट पनि स्पष्टीकरणको पत्र नआएको उनले जनाइन । यस्तै सांसद मेटमणि चौधरीले केही सांसद र नेताले नयाँ पार्टी गठनको सुझाव दिएको र कानुन र संविधानअनुसार कसरी अघि बढ्ने भन्ने विषयमा तयारी थालिने बताए । अबको १५र२० दिनभित्रै आफूहरू केन्द्रीय कमिटी र संसदीय समितिमा बहुमतमा पुग्ने र केपी शर्मा ओलीलाई अध्यक्ष र संसदीय दलको नेताबाट हटाएर एमालेलाई नयाँ संरचनाबाट एकताबद्ध बनाउने विषयमा पनि बैठकमा छलफल भएको सांसद चौधरीले जानकारी दिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति