एमालेका बैठक सकियो, २४ घन्टा पूरा नभएको भन्दै कारवाहीबारे निर्णय भएन

काठमाडौं, ५ साउन । नेकपा एमालेको केन्द्रिय कमिटीको दोस्रो दिनको बैठक सकिएको छ । बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै एकताका निम्ति निरन्तर प्रयास गर्ने निर्णय गरेको प्रवक्ता प्रदिप ज्ञवालीले बताए । हिजोको बैठकले शेरबहादुर देउवाको पक्षमा भोट हाल्ने २२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । उनीहरुले स्पष्टीकरणको जवाफ नदिए पनि कारवाही गर्ने विषयमा कुनै निर्णय गरेको छैन । ज्ञवालीका अनुसार आजको बैठकमा विभिन्न प्रदेशको प्रतिनिधित्व गर्ने नेताहरुले पार्टीको दिशा र भविष्यका विषयमा रिपोर्ट पेश गरेका थिए । २४ घन्टे स्पष्टीकरणको जवाफ नदिएको विषयमा ज्ञवालीले २४ घन्टा पूरा नभएको भन्दै पन्छाए । सांसदहरुले स्पष्टीकरणको पत्र पाएको २४ घन्टासम्म पर्खिने उनको भनाइ थियो । पत्र अहिलेसम्म नपाएको विषयमा उनले भने, ‘पुग्दै होला ।’ बैठक भोली ३ बजे बस्ने गरी सकिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति