काठमाडौं, ५ साउन । कारोना संक्रमणको दोस्रो लहरले विस्तारै नेपाललाई छोडदै गर्दा व्यापार व्यवसायदेखि बैंक तथा वित्तीय सस्थाहरूसमेत धमाधम खुल्न थालेका छन् । संक्रमण कम भएसंगै जनजीवन सामान्य हुँदा बजार पुनः चलायमान हुन थाले पनि पर्यटन क्षेत्र भने विगत डेढ वर्षदेखि नै ठप्प छ । कोरोना भाइरसको संक्रमणले विश्वलाई गाँजेसँगै त्यसबाट उठन नसक्दा नेपालको पर्यटनक्षेत्र झण्डै १६ महिना शुन्य अवस्थामा पुग्यो ।
पहिलो निषेधाज्ञामा नै करिब १० अर्ब गुमाइसकेको पर्यटनक्षेत्रले अहिलेसम्म झण्डै ३२ अर्ब गुमाइसकेको छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले पर्यटनक्षेत्रमा कोरोनाको पहिलो र दोस्रो गरेर कुल ३२ अर्ब भन्दा बढीको क्षति बेहोर्नुपरेको बताएका छन । मासिक रूपमा २ अर्बका दरले पर्यटन व्यवसायीको नोक्सानी बढ्दै गएको निर्देशकको भनाई छ । करिब ३२ अर्बको नोक्सानी बोहोरिसकेको पर्यटन क्षेत्रका ६५ प्रतिशत कामदारले रोजगार गुमाउन पुगेका छन । योबाहेक १७ प्रतिशत व्यवसायी पेसाबाट पलाएन भएको अवस्था छ । नेपाल पर्यटन वोर्डले सरकार समक्ष पर्यटन क्षेत्रलाई अति प्रभावितको सुचीमा राख्न सुझाव दिएको बताउदै नयाँ बनेको सरकारले प्रर्यटन क्षेत्रको क्षति बारे प्रतिकृया दिदै सकारात्मक रहेको वोर्डका निर्देशक लामिछाने बताउछन ।
महामारीबाट प्रभावित भएर लामो समय सम्म ठप्प रहेको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटकले धेरै टेवा दिने निर्देशक लामिछाने दावि गछन् । अहिले पनि महामारी यथावत रहेको हुदा नेपालमा अन्तराष्ट्रिय पर्यटक भित्राउन साथै पर्यटकलाई ढुक्क संग नेपाल घुम्नको लागि समय लाग्ने देखिएको उनको भनाई छ ।नेपाल पर्यटन वोर्ड साथै होटल तथा पर्यटन व्यवसायीले नेपालमा पर्यटक भित्राउनका लागी डिजीटल मार्केटिङ गर्ने निर्देशक लामिछाने बताउछन । डिजीटल मार्केटीङबाट सहजै यथास्थिती बारे बुझ्न सकिने हुदा यो प्रभावकारी हुने निर्देशक लामीछानेको दाबी छ । बन्दाबन्दी केहि खुकुलो भएपनि अन्य क्षेत्र चलाएमान देखिएका छन तर पर्यटन क्षेत्रले गति लिन केहि समय लाग्ने देखिएको छ । सरकार सकारात्मक देखिनु यो क्षेत्रले छिटो गति लिने देखिएको निर्देशकको भनाई छ । अब पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन
व्यवसायीहरुलाई हौसला दिनुपर्ने निर्देशक बताउछन । सरकारले निजामती कर्मचारीलाई १० दिने भ्रमण विदा दिने भनेर गरेको निणर्यबाट धेरै पर्यटन क्षेत्रमा केहि टेवा पु्ग्ने उनी बताउछन् । सरकारले कोरोनाको दोस्रो लहरको असर कम भएसँगै अन्तर्राष्ट्रिय उडानदेखि सार्वजनिक यातायातसम्म खोल्ने तयारी गरिसकेको छ । यसरी उडान र यातायात सेवा सञ्चालन भएसन्गै पर्यटनक्षेत्रमा चहलपहल बढ्न सक्ने भए पनि सरकार सुरक्षित रूपमा पर्यटन क्षेत्र चलाउन उत्सुक देखिदैन । यसरी करिब डेढ वर्षसम्म पर्यटनक्षेत्र कोरोनाबाट पर्ने असर कम गर्न सरकारले प्रभावकारी कदम नचाल्दा यो क्षेत्र वर्षौंसम्मका लागि थलिने अवस्थामा पुगेको छ । सरकारले पर्यटन क्षेत्र बचाउन विनियोजीत बजेट कार्यान्वयन गर्नु नै अहिलेको आवश्यक्ता रहेको छ ।
प्रतिक्रिया