काठमार्डौ । गत पुसमा ससंसद विघटन भएपछि केपी ओली सरकारले गरेका सबै राजनीति लगायका नियुक्ति सरकारले खारेज गर्ने भएका छन् । अवैधानिक नियुक्ति खारेज गर्ने विषयमा सत्ता ससाझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रका प्रमुख बीच छलफल भएको छ ।सरकारले गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न ११ मुलुकका लागि गरिएका राजदूतहरुको सिफारिस खारेज गरेको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम सार्वजनीक गरेरमात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेका छन् ।
‘प्रधानमन्त्रीसँग सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम बनाएर सार्वजनिक गरेरमात्रै क्याविनेट विस्तार गर्ने विषयमा छलफल भएको प्रचण्डका सप्रेस ससंयोजक विष्णु सापकोटाले जानकारी दिए ।
अध्यक्ष प्रचण्डका स्वकीय सचिव विष्णु सापकोटाले पनि प्रधानमन्त्रीसँग सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम बनाउने विषयमा छलफल भएको जानकारी दिए।
प्रधानमन्त्री देउवासँगको भेट अघि प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए।
नेता नेपाल निवासमा भएको त्रिपक्षीय छलफलमा पनि सरकारका साझा कार्यक्रम ल्याउने, संसदमा भएको उपस्थिति, मन्त्रिमण्डल विस्तारलगायतका विषयमा छलफल भएको थियो ।
प्रतिक्रिया