माधव र उपेन्द्रसंगको भेट पछि प्रधानमन्त्री देउवासंग प्रचण्डको छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच र सत्ता सहयात्रा र मन्त्रालयको बांडफांटको विषयमा छलफल भएको छ । अध्यक्ष प्रचण्डले एमाले नेता माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसग कुराकानी गरेपछि प्रधानमन्त्री देउवासंग छलफल गरेका हुन् ।
सम्भवत भोलीसम्ममा मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने बताइएको छ ।
यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधव नेपाल तथा जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको छ । कोटेश्वरस्थित माधव कुमार नेपाल निवास तीनजना नेताबीच सत्ता गठवन्धन र सरकारको नीति तथा कार्यक्रमका विषयमा कुराकानी भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै एमाले केन्द्रीय कमिटी बैठकले सोमबार २४ घन्टे स्पष्टीकरण सोधेको छ। उक्त स्पष्टीकरणको समयसीमा केहीबेरमा सकिँदै छ। विश्वासको मत दिएका २२ जनालाई कारबाही गर्नकै लागि आज पनि एमाले केन्द्रीय कमिटी बैठक बस्दैछ।सो सम्बन्धमा समेत प्रचण्ड र नेपालबीच छुट्टै छलफल भएको थियो । प्रचण्डले माधव नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेको बताइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति