गठबन्धनले मृत्युशैया नजिक पुगेको प्रतिक्रियावादी शक्तिलाई मजबुत बनायो – ऋषि कट्टेल, नेपाल कम्युनिष्ट पार्टी


प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकार यतिबेला मुलुकमा छ । नेपाली काँग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २२ सांसदहरुको १६५ विश्वासको मत प्राप्त गरि प्रधानमन्त्री देउवाले अबको डेढ वर्ष सरकार सञ्चालन गर्ने पक्का भइसकेको छ ।

खासगरी पाँच दलको गठबन्धनले निवर्तमान ओली सरकारले आफ्नो कार्यकालमा दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरेको, देशले भर्खरै अभ्यास गरिरहेको संघिय लोकतान्त्रिक प्रणालीमाथी निर्मम् प्रहार गरिएको एवम् संविधानको धज्जी उडाएको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मात्रै मुछिएनन्, राष्ट्रपतिमाथी समेत विभिन्न लाल्छाना लाग्यो । यो चर्चा आज मात्रै होइन, इतिहासमा भोली पनि दोहोरिने गरि चर्चा हुनेछ नै । यसै सन्दर्भमा नेपाल पेजसँग नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दिएको प्रतिक्रियाः


कट्टेलका अनुसार ओली सरकार एक प्रतिक्रियावादी शक्ति त थिए नै, ५ दलीय गठबन्धनको सरकारले त्यो शक्ति फालेर थप अझ बलियो प्रतिक्रियावादी शक्तिलाई स्थापित गरेको छ । मृत्युशैयामा पुगिसकेको पूँजीवादी शक्तिलाई पुनः ब्यूँताउने र मजबुत गर्ने काम अहिले भएको उनले बताएका छन् । लोकतान्त्रिक अभ्यासमा दलका नेता, अध्यक्ष वा पार्टीको निर्देशन पालना नगर्ने कुराले कसरी चल्छ ? उनले बताए । खासमा ओली, प्रचण्ड लगायतका शीर्ष नेताहरुले नै कम्युनिष्टको विचार र सिद्धान्तमा नहिडेको भनेर असन्तुष्टि पोख्दै आएका कट्टेलले प्रतिक्रियावादीहरुको बेग्ला–बेग्लै लाइन खडा गरेर जनतालाई झुक्याउने काम मात्रै हुदै आएको बताए । पात्रहरु फेरिएपनि प्रवृत्ति सबैको संशोधनवादी र स्वार्थपूण रहेको उनको भनाई छ । यसका लागि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रणनीतिक परिवर्तन सफलताका लागि अभ्यास गर्दै आएको पनि उनले बताए । हामी क्षणिक र प्रतिक्रियावादी भन्दा पनि दिर्घकालीन रणनीतिक सफलता प्राप्त गर्ने गरि अघि बढ्छौं, कट्टेल बताउँछन् ।

एमालेका आम नेता, कार्यकर्ता संस्थापन पक्षमै रहने आंकलन

कट्टेलले नेकपा एमाले विभाजनउन्मुख हुदै आएको बेला एमालेमा भने आम नेता, कार्यकर्ताहरु ओलीसँगै रहने बताएका छन् । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेताहरु बरु एमालेमा आउछन् तर, एमालेका नेताहरु माओवादी केन्द्रतिर जाने म देख्दिनँ, एमालेको बडा गजबको रसायन छ, कट्टेल बताउँछन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रै रहेर ंसंघर्ष गर्नु अर्को कुरा हुन्थ्यो तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालको पार्टी एकता हुने वा नेता नेपालले नै पनि अर्को पार्टी खोल्ने यो अहिले राजनीतिमा नदेखिएको उनको भनाई छ । माधव नेपालले अधिवेशन पर्खन सकेनन्, हाताहाती चाहियो, अब प्रचण्ड पनि त्यत्रो वर्षदेखि अध्यक्ष खाइरहेको, दुवैको मेल भएपनि यो दिगो हुने भने नदेखिएको कट्टेलको भनाई छ ।

राजनीतिक दलले पार्टी विधान, स्थायी समिती, केन्द्रीय कमिटी, संसदीय दलमा बहुमतले नेतृत्व गर्ने र अल्पमतले सहयोग गर्ने परिपार्टी हो तर पार्टी अनुशासन विपरीत् काम गर्नेहरुलाई कारबाही नगरेर के गर्ने ? नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले पार्टी हित विपरीत काम गरेकालाई गरेको कारबाही, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको निर्देशन विपरीत् कार्य गरेकोमा रामबहादुर थापा बादल लगायतका चार सांसदलाई पद नै नरहने गरि कारबाही गरे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्देशन विपरीत् क्रियाकलाप गर्ने माधव समूहलाई कारबाही नगरेर के गर्ने त ? एमालेको पछिल्लो राजनीतिक तथा समसामयिक सन्दर्भमा ऋषि कट्टेल यसो बताउँछन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board