माधव नेपाल भेट्न कोटेश्वरमा प्रचण्ड

काठमाडौं, ५ साउन ।   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वरस्थित माधव कुमार नेपाल निवास पुगेका छन्।प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै एमाले केन्द्रीय कमिटी बैठकले सोमबार २४ घन्टे स्पष्टीकरण सोधेको छ। उक्त स्पष्टीकरणको समयसीमा केहीबेरमा सकिँदै छ। विश्वासको मत दिएका २२ जनालाई कारबाही गर्नकै लागि आज पनि एमाले केन्द्रीय कमिटी बैठक बस्दैछ।सो सम्बन्धमा छलफल गर्न प्रचण्ड कोटेश्वर पुगेका हुन्। प्रचण्डले माधव नेपाललाई सरकारमा सहभागी हुन आग्रहसमेत गर्न बताइएको छ। कारबाही गरिहाले पार्टी फुटाउन आवश्यक अध्यादेशका सम्बन्धमा पनि छलफल हुने बताइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति