काठमाडौं : नेकपा एमाले २०७५ जेठ २ को अवस्थामा फर्किएको सोमबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरे।
जब कि यस अघि धेरै पटक माधव नेपाल समूहले पार्टी जेठ २ मा फर्किनु पर्ने र पार्टी को दर्शौं केन्द्रीय कमिटिको बैठक हुनु पर्ने माग गर्दै आएका थिए । तर अध्यक्ष ओलीले यस्तो बेला पार्टी जेठ २ मा फर्केको घोषणा गरे जतिबेला एमाले सत्ता च्युत भयो, विपक्षी गठवन्धनको सरकारलाई एमालेका २२ जना सांसदले मतदान गरे । त्यसको भोलिपल्ट मात्र एमाले जेठ २ मा फर्केको घोषणा गरे । जसले यो माग गरेको सथियो त्यो मसूह भने फर्कन नसक्ने अवस्थामा पुगेको छ । नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका नौवटा बैठक माओवादी केन्द्रसँगको एकताअघि २०७५ जेठ ३ सम्ममा बसेका थिए। तर, नेकपा एकता बदर भई गत फागुन २३ गते साविक पार्टीहरू ब्युँतिएपछि बसेका एमालेका चार बैठकलाई विशेष बैठकमा परिणत समेत बताइएको छ ।
विशेष भनिएको चार वटा बैठकले नै अध्यक्ष ओली र माधव झलनाथ समूहको दुरी मिल्नै नसक्ने ठाउंमा पुर्याएको एक एमाले नेताले बताए ।
प्रवक्ता प्रदीपकुमार ज्ञवालीले असार २७ गते गरिएको १० बुँदे सहमतिका आधारमै यो बैठकलाई १० औं भनिएको बताए। प्रवक्ता ज्ञवालीका अनुसार २०७५ जेठ २ गतेपछिको निरन्तर सिलसिलाका रूपमा अहिलेको बैठकलाई लिइएको छ। ‘नवौं बैठक २०७५ जेठ २ र ३ गते बसेको थियो। यो बैठकलाई दसौं बैठक नामकरण गरेका छौं’, प्रवक्ता ज्ञवालीले भने, ‘१० बुँदे सहमति कार्यान्वयन सुरु भइसकेको छ। १० बुँदे प्रस्तावलाई यो बैठकले अनुमोदन गरेको छ। कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।’ बैठकले कार्यदलमा भएको १० बुँदे एकताको प्रस्तावलाई ग्रहण गर्दै अनुमोदन गरेको हो।
स्थायी कमिटीको शनिबार बसेको बैठकले पनि १० बुँदे प्रस्ताव अनुमोदन गरेको थियो। जेठ २ पछिको बैठक भनिए पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्य भने उपस्थित थिएनन्।
केन्द्रीय सदस्य शेरबहादुर तामाङले पार्टीको विवाद समाधान गर्न बनेको कार्यदलको १० बुँदे प्रस्तावको भावनालाई दृष्टिगत गरी यो बैठकलाई १० औं बैठक भनिएको स्पष्ट पारे।
उनले गत फागुन २३ पछि भएका केन्द्रीय कमिटीका भनिएका बैठकलाई विशेष बैठकमा परिणत गरिएको जानकारी दिए। ‘यसबीच भएका बैठक विशेष बैठकमा परिणत भए’, उनले भने। उनले फागुन २८ देखिका बैठक विशेष बैठकमा परिणत गरी ती बैठकका निर्णयलाई मान्यता प्रदान गरिएको जानकारी दिए।
एमालेको माधव झलनाथ पक्षको जुन कुरामा विमती थियो तिनै कुरालाई फेरि दशौं बैठकले मान्यता दिने निर्णय गरेर एकताको भावना विपरित ओली हिडिरेहेको केन्द्रीय सदस्य रामकुमारी झांक्रीले बताइन् ।
प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा संसद्मा देखिएको परिदृश्य र त्यसले पार्टीको जीवनमा पारेको प्रभावबारे बैठकले गम्भीरताका साथ लिएको तामांग जनाए। उनले पार्टीभित्र विभिन्न समस्या उत्पन्न र विमति हुने जनाउँदै पार्टीका उपाध्यक्ष भीमबहादुर रावलले सांसद पदबाट राजीनामा दिने तहसम्म पुगेको र ११ जना मतदान नगर्ने स्थिति आएको बताए। कार्यदलको प्रयासले पनि नेपाललाई फर्काउन नसकेको तितो यथार्थ उनले प्रकट गर
प्रतिक्रिया