पछिल्लो २४ घण्टामा थप २,४४५ जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु

काठमाडौं, ४ साउन । पछिल्लो २४ घण्टामा थप २,४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १,६४२ जना र ३,८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २,४४५ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १२५८ रहेको छ भने कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति