प्रचण्डले माधव नेपालको नक्कली ‘खातिरदारी’ गरे – अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अन्य राजनीतिक दलहरुले आफ्नो अस्तित्व जोगाउन आफ्नो सरकारले गरेका कामलाई ओझेलमा पार्ने कोशिश गरेको आरोप लगाएका छन्। आइतबार च्यासलमा जारी आफू पक्षीय पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा उनले त्यस्तो आरोप लगाएका हुन्।

उनले प्रतिक्रियावादीले आफ्नो पार्टीलाई समेत विभाजन गर्ने खेलमा लगेको आरोप लगाए।उनले भने, ‘प्रतिक्रियावादीहरुले आफ्नो पार्टीभित्रका केही व्यक्तिहरुको महत्वकांक्षालाई हावा भर्ने काम गरे।’ नेपालमा कम्युनिष्ट पार्टी अघि बढ्छ तब(तब प्रतिक्रियावादीहरु एक जुट हुने गरेकोसमेत उनले आरोप लगाए।

२०५१ सालको ९ महिने सरकारविरुद्ध यसरी नै प्रतिक्रियावादीहरु लागेको ओलीले दाबी गरे। उनले भने,‘ त्यतिबेला राष्ट्रवादको नक्कली झण्डा बोकेर पार्टी विभाजनको अवस्थामा पुर्‍याइयो।’यस्तै उनले प्रचण्डलाई लक्षित गर्दै नेता नेपाललाई सम्मान भएन भनेर एक जना उत्रिएको देखेर आफू अचम्चिम भएको बताए। उनले प्रचण्डलगायतका नेताहरुले हिजो संसदमा नेपालको प्रशंसा गरेकोमा त्यसप्रति कटाक्ष गर्दै त्यसलाई नक्कली खातिरदारीको संज्ञा दिए।उनले भने, ‘पहिले कल्पवृक्ष नभई विषवृक्ष भनेर आरोप लगाउने अहिले त्यही विषवृक्षको चिन्ता गर्ने? यो जनताको समस्यालाई पाखा लगाएर गरिएको नक्कली खातिरदारी हो। जनयुद्धका नाममा उनले युवाहरुलाई जसरी बेघरवार बनाए, जसरी अंगभंग बनाए त्यसमा चिन्ता छैन। फेरि विषवृक्षको सम्मान भएन भनेर रुवावासी गर्ने? ’रुकमाङ्गत कटुवाल प्रकरणपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि प्रचण्डले नेपाललाई ‘ कल्पवृक्ष ठानेको त विषवृक्ष पो रहेछ’ भन्दै टिप्पणी गरेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति