प्रधानमन्त्री देउवाले विश्वासको मत पाउने वित्तिकै गगन थापाले गरे यस्तो आग्रह

काठमाडौं, ४ असार । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न आग्रह गरेका छन्।

प्रधानमन्त्री नियुक्त भएपछि सरकारी निवास बालुवाटार सरेकै दिन देउवाले पार्टी पदाधिकारी बैठक राखेका थिए।प्रधानमन्त्री देउवाले शुक्रबार र शनिबार बालुवाटारमा पदाधिकारी बैठक राखेपछि पार्टीभित्रैबाट पनि आलोचना भएको थियो।‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं,’ थापाले भने, ‘उहाँले पार्टी कार्यालय सानेपामा धर्ना भएको कारण यसपटक बालुवाटारमा बैठक राख्नु परेको हो भन्नुभएको छ।

जे भए पनि अबदेखि त्यस्तो हुने छैन र गरिन्न भन्ने विश्वास दिलाउनुभएको छ।’कांग्रेस पार्टी कार्यालयमा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै बारा र धनुषाका नेता तथा कार्यकर्ताले विगत एक सातादेखि धर्ना दिइरहेका छन्।

पार्टी कार्यालयको मुल गेटमा उनीहरू धर्नामा छन्।यस्तै देउवाले पार्टी कार्यालयमै बैठकहरू राख्नुपर्ने अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारी बताउँछन्।‘सभापतिज्यू पार्टी कार्यालयमै बैठक राखिदिनुस्,’ भण्डारीले भने, ‘पार्टी कार्यकर्तालाई बालुवाटारमा नबोलाउने बरू सातामा एक दिन पार्टी कार्यालयमा गएर भेट्ने गरे कति राम्रो हुने थियो।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति