प्रतिगमनकारीहरुको खड्ग प्रहारबाट मुर्छित हुनुपर्‍यो : पूर्व प्रधानमन्त्री डा.भट्टराई

काठमाडौं, ३ असार । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रतिगमनकारीहरुको खड्ग प्रहारबाट प्रतिनिधिसभा मुर्छित हुनुपरेको बताएका छन् । उनले प्रतिनिधिसभा विघटन बदर भएपछि पुन सदनमा उपस्थित हुन पाउनु खुसीको कुरा भएको बताए ।

‘प्रतिगमनकारीहरुको पटक पटकको खड्ग प्रहारपछि मुर्छित बनेको प्रतिनिधिसभा र दुई पटक मुर्छित बनाइएका हामी यहाँ उपस्थित हुने अवसर प्राप्त गरेका छौं, त्यसको लागि आवाज उठाउने सबैमा धन्यवाद ज्ञापन गर्न चाहन्छु’, भट्टराईले प्रतिनिधिसभालाई सम्बोधन गर्दै भने ।

भट्टराईले सर्वोच्च अदालतको फैसला आफूले पटक पटक पढेको भन्दै सो फैसलामा सुन्दर ढंगले ब्याख्या गरिएको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति