संसदमा एमालेको माधव नेपाल समूहका सांसद प्रतिपक्षमै बस्ने

काठमाडौं । कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन सघाएका माधवकुमार नेपालसहित एमालेका २३ जना सांसद आजबाट शुरु हुने संसद अधिवेशनबाट प्रतिपक्षी बेञ्चमै बस्ने भएका छन् ।यसअघि सत्तापक्षमा रहेको एमाले आजदेखि प्रमुख प्रतिपक्षमा पुगेको छ । एमालेको स्थायी कमिटी र संसदीय दलको बैठकले सशक्त प्रतिपक्षी भूमिकामा रहने र गठबन्धन सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २३ मध्ये एक सांसद तथा एमाले केन्द्रीय सदस्य झपट रावलले आफूहरु प्रतिपक्ष बेञ्चमै बस्ने बताए । उनले एमाले जहाँ रहन्छ आफूहरु त्यहिँ रहने भन्दै केपी ओली र माधव नेपाल एउटै बेञ्चमा बस्ने बताए ।उनले भने, ‘हामी संसदको निरन्तरता चाहन्छौं ।

संसद जोगाउन हामी देउवालाई समर्थन गरेर अदालत गएका हौं तर हाम्रो पार्टी फुटेको छैन ।त्यसैले एमालेका १२१ सांसद एकै ठाउँमा बस्छौं । भोलि संसद जोगाउन पार्टीले निर्णय गरेरै भोट हाल्ने अवस्था आउन सक्छ ।’माधव नेपाल पक्षले देउवालाई विश्वासको मत दिने निश्चित छ । तर पार्टी एकै भएकाले माधव पक्ष सत्तापक्षमा भने नबस्ने भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति