महन्थ ठाकुरसहित जसपाका नेताहरु बालकोटमा

काठमाडौं । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु बालकोट पुगेका छन् ।

जसपा अध्यक्ष ठाकुरसहित नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा शनिबार बिहान बालकोट गएका हुन् ।

अध्यक्ष ओलीसँग जसपा नेताहरुले आगामी संसद अधिवेशन, प्रधानमन्त्रीलाई दिने विश्वासको मतलगायतका विषयमा छलफल गर्ने बताइएको छ ।

नयाँ प्रधानमन्त्री चयन भएपछि सत्ता सहकार्य गरेका दुई दलबीच आगामी रणनीतिबारे पनि छलफल हुने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति