राष्ट्रपति कार्यालयको प्रष्टिकरण : महान्यायाधिवक्ताको शपथमा राष्ट्रपतिको उपस्थिति हुनै पर्ने व्यवस्था छैन्

काठमाडौं, १ साउन। नवनियुक्त महान्यायाधिवक्ता खम्बबहादुर खातीको शपथ ग्रहण राष्ट्रपतिको कार्यालयमा नभएको र राष्ट्रपति उपस्थित नभएको भन्दै आलोचना भएकोप्रति राष्ट्रपति कार्यायलले आफ्नो ध्यानाकर्षण भएको बताएको छ। राष्ट्रपति कार्यालयले विज्ञप्ति निकाल्दै महान्यायाधिवक्ताले प्रधानन्यायाधीशबाट पद तथा गोपनीयताको शपथ लिने व्यवस्था भएको सम्झाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘महान्यायाधिवक्ताको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०५२ को परिच्छेद ५ को दफा २१ मा महान्यायाधिवक्ताले आफ्नो पदको कार्यभार सम्हाल्नुअघि सम्माननीय प्रधान न्यायाधीश समक्ष पद तथा गोपनियताको शपथ गर्नु पर्ने व्यवस्था रहेकोछ।’ विगतमा महान्यायाधिवक्ता लगायत संवैधानिक अंगका पदाधिकारीहरूको शपथ ग्रहण राष्ट्रपतिको उपस्थितिमा हुने गरेकोमा कोभिडलाई मध्यनजर गर्दै सर्वोच्च अदालतबाटै त्यसको आयोजना हुने व्यवस्था मिलाउन गत बैशाखमै पत्राचार गरिएको राष्ट्रपति कार्यालयले स्पष्ट पारेको छ। महान्यायाधिवक्ता खातीले आजै प्रधानन्यायाधीशी चोलेन्द्रशमशेर राणाबाट सर्वोच्च अदालतमा पद तथा गोपनीयताको सपथ लिइसकेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति