काठमाडौं, १ साउन । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई उत्तरी छिमेकी चीनले राजदूतमार्फत बधाई दिएको छ । राजदूत होउ यान्छीले शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर बधाई तथा शुभकामना व्यक्त गरिन् ।

भेटमा राजदूत यान्छीले देउवाको कार्यकालमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने लगायतका द्धिपक्षीय हितका विविध चासोमा छलफल समेत भएको थियो । यस लगतै उनी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल संग भेटवार्ता गरिन् । नेता नेपाललाई भेट्न चिनियाँ राजदूत यान्छी दिउँसो चार बजे कोटेश्वर पुगेकी हुन् ।
उनीहरुबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ । यता आजै विहान नियाँ राजदूत होउ यान्छी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ ।

शुक्रबार बिहान प्रचण्ड निवास खुमलटारमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटवार्तामा उनीहरुबीच नयाँ गठबन्धन सरकारको विषयमा छलफल भएको बताइएको छ । भेटका क्रममा प्रचण्डले राजदूत यान्छीमार्फत चीनलाई थप खोप सहयोग गर्न आग्रह गरेका छन् । यसअघि भारत र अमेरिकाले पनि राजदूत तहमा देउवालाई बधाई दिए थिएका थिए तर उनिहरुको भेट प्रधामन्त्री देउवासंग मात्र भएको थियो भने उनिहरुले शिर्षनेताहरु संग भेटघाट गरेका छैनन् । यसरी एकै दिन तीन जना शिर्ष नेताहरुसंग यान्छीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया