एमाले स्थायी कमिटी बैठक सुरू

काठमाडौं, १ साउन ।  नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । आज शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा बैठक सुरु भएको हो । बैठकमा प्रतिनिधि सभा विघटन र उक्त मुद्दामा सर्वोच्च अदालतले दिएको फैसलामा पार्टीको आधिकारिक धारणाबारे आजको बैठकमा छलफल हुनेछ। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा जेठ ८ गते दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेका थिए। सर्वोच्चले उक्त विघटनलाई बदर गरिदिएको छ। पुनर्स्थापित प्रतिनिधि सभाको बैठक साउन ३ गते दिउँसो ४ बजे बस्दैछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति