सिंहदरबारमा सत्तारुढ गठबन्धनको बैठक, माधव नेपाल गएनन्

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा बसिरहेको छ । दिउँसो चार बजेदेखि बैठक चलिरहेको हो ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत उपस्थित छन् । देउवा सरकारलाई साथ दिएका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल भने बैठकमा अनुपस्थित छन् । एमाले सरकारबाट हटेसँगै आफू गठबन्धनमा नरहेको घोषणासहित देउवालाई परिस्थिति बुझिदिन आग्रह गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति