आपसी विवादमा कुटपिट हुँदा एकजनाको मृत्यु

काठमाडौं । भीमदत्त नगरपालिका– १० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको गएराति कुटपिटबाट मृत्यु भएको छ । आपसी विवादमा भाञ्जा नाता पर्ने २२ वर्षीय गिरधारी लुहारको कुटपिटबाट उनको मृत्यु भएको हो ।

कुटपिटबाट गम्भीर घाइते भएका वीररामलाई उपचारका लागि महाकाली अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए । कुटपिटमा संलग्न गिरधारीलाई पक्राउ गरिएको उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति