काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले बधाई दिएका छन् ।
उनले बुधबार साँझ नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवासँग टेलिफोन गरी बधाई दिएका हुन् । फोन वार्तामा दुई पक्षीय सहयोग र सहकार्य निरन्तर अघि बढाउने प्रतिवद्धता जनाएको बताइएको छ । फोनवार्ताबारे ट्वीटरमार्फत जानकारी दिंदै चौथाइवालेले भनेका छन्, ‘शेरबहादुर देउवासँग कुराकानी भयो । मैले प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएको छु ।’

नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीच निरन्तर पार्टी– टु– पार्टी संवाद आवश्यकता रहेकोमा दुवै सहमत भएको समेत चौथाइवालेले बताएका छन् ।
यस अघि भारतीय राजदूत विनय मोहन क्वात्राले देउवा निवास पुगेर बधाई दिएका थिए । देउवा निकट स्रोतका अनुसार अहिलेसम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनतपार्टीका अध्यक्ष जेपी नड्डाको बधाई नआएकोमा भारतीय संस्थपान पक्षले बेखुशी जनताएको त होइन भन्ने आशंका छ । त्यसोत अझै पनि उत्तरी छिमेकी चीनले पनि देउवालाई वधाई दिएको छैन । बेइजिंग स्थित चिनिया राष्ट्रपति कार्यालय किटक स्रोतका अनुसार केही समय अघि चीनले राष्ट्रपति सी कै उपस्थिितमा भएको विश्वका राजनीतिक पार्टीहरुको सम्मेलनमा नेपाली कांग्रेस सहभागी नभएकोमा चीनले राम्रो मानेको छैन । त्यो सम्मेलनमा नेपालका नेपाली कांग्रेस बाहेकका अन्य मुख्य दलहरु सहभागी भएका थिए ।
चीनले त्यो सम्मेलनका लागि सभापति देउवा सहित आधा दर्जन नेपाली काग्रेसका नेताहरुलाई निमन्त्रणा गरेको थियो ।
स्रोतका अनुसार सिथति हेरेर छिटै नै देउवालाई वधाई दिन्छ । त्यतिमात्र होइन नेपाललाई आवश्यक पर्ने सबै प्रकारको सहयोग गर्न पनि चीन तयार छ । केही दिन अघि चिनिया राजदूत होउ यान्छीले नेपाललाई आवश्यक पर्ने कोरोना भाइरस विरद्धको खोप उपलव्ध गराउन तयार रहेको समेत बताइसकेकी छन् ।
प्रतिक्रिया