भीम रावललाई फोनबाट धम्की, निकाले यस्तो विज्ञप्ती

काठमाडौँ, ३० असार ।   नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूलाई फोनबाट धम्की आएको बताएका छन् । एमाले एकतावद्ध बनाउँन आफुले खेलेको भूमिकालाइ लक्षित गर्दै केही राजनीतिक दलका नेताहरूबाट धम्की आएको खुलासा गरेका हुन् । उनले एक प्रेस विज्ञप्ती जारी गर्दै पार्टी मिलाउन आफूले अडानयुक्त पहल गर्दा षडयन्त्रमूलक ढंगले भारतीय गुप्तचरसँग भेटेको तथा केपी ओलीले कार्यवाहक अध्यक्ष बनाउने आश्वासन दिएको जस्ता कुप्रचार पनि बताएका छन् । रावलले आफूलाई कसले धम्की दिए भन्ने खुलाएका छैनन् । तर, एमाले विभाजन रोकिने पो हो कि भनी कतिपयलाई देखिने र बुझिने गरी लागिरहेको रिंगटाको पर्दा उघारी दिनुपर्छ कि जस्तो लागेको भन्दै सांकेतिक रूपमा खुलाएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति