देउवा प्रधानमन्त्री नियुक्त, सपथको तयारी

काठमाडौं, २९ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्। मंगलबार संविधानको धारा ७६ ९५० अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। ‘उहाँलाई प्रधानमन्त्री नियुक्त गरिसकिएको छ, सम्भवतस् सोको जानकारी नयाँ प्रधानमन्त्रीलाई पठाइसकिएको छ, सपथको तयारी हुँदैछ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले भन्नुभयो ढकालका अनुसार सपथ ग्रहणको समय भने निर्धारण भइसकेको छैन। ‘प्रधानमन्त्री नियुक्त व्यक्तिसँग सपथको समयबारे समन्वय भइरहेको छ, हामी जानकारी गराउँछौं,’ ढकालले भने। सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।यो सँगै देउवा पाँचौंपटक प्रधानमन्त्री भएका छन्। उनी पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री भएका थिए। त्यसपछि उनी २०५८ साल र २०६१ सालमा प्रधानमन्त्री भएका थिए। उनी २०७४ सालमा चौथोपटक प्रधानमन्त्री भएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति