राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन अन्त्य

काठमाडौं, २८ असार। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी छिन् ।सोमबार संघीय संसदको महासहचिव डा। भरतराज गौतमले विज्ञप्ति जारी गरेर राष्ट्रिय सभाको अन्त्‍य भएको जानकारी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा ९३को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को २०७८/०३/२८को सिफारिसमा राष्ट्रियसभाको चालू अधिवेशन २०८७ साल असार २८ गते सोमबार दिन १२ बजे देखि अन्त्‍य भएकाले मिति २०७८ असार २९ गते मंगलबार दिनको ३ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रिय सभाको बैठक समेत स्वतस् अन्त्य भएकाले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ३ को उपनियम ९२० बमोजिम प्रतिबन्धात्मक वाक्यांश बमोजिम यो सूचना प्रकाशित गरिएको छ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति