अदालतले आफ्नो गरिमा बढायो : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले संविधान, संसद् र लोकतन्त्र गरिमा बढाएको छ ।

‘सर्वोच्च अदालतको फैसलाबाट संसद् मात्रै ब्यूतिएको छैन । संविधान र लोकतन्त्रलाई पनि जीवित राखेको छ’, नेता नेपालले खुी प्रकट गर्दै भने ।

संविधानमा केही अस्पष्टतता थियो । तर त्यो व्याख्या पनि गरिदिएको छ’, नेता नेपालले भने । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) मा फ्लोर क्रस गर्ने सांसदको पद नजाने निर्णय गरेकाले संविधानको स्पष्ट व्याख्या भएको नेपालले बताए ।
तर नेकपा एमालेका नेताहरुले भने अदालतको फैसलाले दलीय व्यवस्था खण्डित भएको प्रतिक्रिया दिएका छन् । उता एमाले निकट युवाहरुले अदालतको आदेश नमान्ने भन्दै प्रदर्शनमा उत्रेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति