मध्यरातमा ओलीका सल्लाहकारले भने– देउवाको पक्षमा अब १२३ मात्र सांसद

काठमाडौं, २८ असार ।   प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अब काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा अब १२३ जनामात्रै विघटित प्रतिनिधिसभा सदस्य रहेको दावी गरेका छन् । नेकपा एमालेमा १० बुँदे सहमति भएपछि उनले यस्तो टिप्पणी गरेका हुन् । ‘शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १२३ मात्र’, उनले सामाजिक सञ्जालमार्फत आइतबार मध्यराति लेखेका छन् । उनले सर्वोच्चले सर्वोच्चबाट फैसला हुनुअघि नै विवादास्पद टिप्पणी पनि गरेका छन् । एमालेमा सहमति भएसँगै अब अदालतले देउवाको पक्षमा परमादेश जारी नगर्ने र पुनर्स्थापना पनि दावी गरेक छन् । ‘सर्वोच्चद्वारा न परमादेश । न पुनःस्थापना ’, उनले लेखेका छन्, ‘मच्चियो मच्चियो, जेठो नराम्ररी थच्चियो,, जय नेपाल ।’ एमालेमा आइतबार १३ घण्टा लामो वार्तापछि १० बुँदे सहमति भएको थियो भने सो सहमतिपछि बालुवाटारबाट यस्तो अभिव्यक्ति, आ​एको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति