क्रियाशील सदस्यता : धाँधली भएको भन्दै सानेपामा बारा कांग्रेसको धर्ना

काठमाडौं । क्रियाशील सदस्यता वितरण पारदर्शी नभएको भन्दै नेपाली कांग्रेस बाराका नेता कार्यकर्ता धर्नामा बसेका छन् । धर्नामा बाराका पूर्वसांसदहरु राम अयोध्या यादव, लालबाबु सिंहलगायत चार वटै निर्वाचन क्षेत्रका दुई दर्जन नेता कार्यकर्ता सहभागी रहेका छन् ।

विभिन्न ६ बुँदे माग राखेर उनीहरु आइतबारदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका हुन् । पार्टीमा छलफल नै नगरी इन्ट्री गरिएका क्रियाशील सदस्यता खारेज हुनुपर्ने, पुराना क्रियाशील सदस्यता नविकरण हुनुपर्ने, विधान अनुसार नयाँ क्रियाशील सदस्यता तत्काल वितरण गर्नुपर्ने, वडा समितिको सिफारिस बिना गरिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने लगायतका माग राखिएको छ ।

कांग्रेस केन्द्रबाट गठित क्रियाशील सदस्यता छानविन समितिले सदस्यता टुंगो लगाउने काम गरिरहेको छ । आजसम्ममा ७७ वटै जिल्लाबाट साढे आठ लाख क्रियाशील सदस्यको नाम सार्वजनिक गरिएको छ भने झण्डै १० जिल्लाको क्रियाशील सदस्यतामा विवाद छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति