माधव नेपालले अस्वीकार गरे कार्यदलले तयार पारेको मस्यौदा, सहमितपत्र अलपत्र

काठमाडौं, २७  असार। नेकपा एमालेको एकताका लागि कार्यदलले तयार पारेको मस्यौदामा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने शब्दावली राखिएको भन्दै माधव नेपालले फिर्ता पठाइदिएका छन् ।

शनिबार कार्यदलले तयार पारेको मस्यौदामाथि सहमति जुटाउन नेपाल पक्षका कार्यदल सदस्यहरु आइतबार बिहान नेपाल निवास कोटेश्वर पुगेका थिए । नेता नेपालले मस्यौदामा रहेको एक शब्दावलीमा असहमति जनाएपछि उनीहरु सिंहदरबार फर्किएका छन् । अहिले सिंहदरबारमा कार्यदलको बैठक बसिरहेको छ ।

अदालतलाई प्रभावित बनाउने वा हस्ताक्षर फिर्ता गर्ने दुबै सर्त आफूले नमान्ने नेता नेपालले यसअघि नै बताउँदै आएका थिए । सिंहदरबार बैठकमा सहभागी कार्यदलका एक सदस्यले भने, ‘नेता नेपालले शब्दावली सच्याउन भन्नुभएको छ, हामी त्यसमाथि छलफल गरेर टुंगोमा पुग्छौं ।’

एमाले वरिष्ठ नेता नेपालको भनाइ उदृद्ध गर्दै कार्यदलका सदस्यले भने, ‘मेरो अडान क्लियर छ, त्यो भन्दा यताउता भएमा सहमत हुन सकिन्न ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति