वीर अस्पतालको सर्जिकल भवन प्रधानमन्त्रीद्धारा उद्घाटन

काठमाडौं, २७ असार ।  वीर अस्पतालको सर्जिकल भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।आइतबार बिहान महाबौद्धमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सर्जिकल भवनको उद्घाटन गरेका हुन्।उक्त भवन २०७४ साल फागुनमा प्रधानमन्त्री ओलीबाट शिलान्यास भएको थियो। समयभित्रै भवन निर्माण गरेकोमा शर्मा निर्माण कम्पनीलाई प्रधानमन्त्री ओलीले धन्यबाद दिएका छन्।यस भवनमा कोरोना संक्रमितलाई राखेर उपचार यसअघिदेखि नै सुरू भइसकेको छ।सर्जिकल भवनमा सेवा दिन सरकारले ८ सय ३१ जना चिकित्सकलगायतको दरबन्दी स्वीकृत गरेको थियो। प्रधानमन्त्री ओलीले जनताको स्वास्थ्यलाई महत्व दिनुपर्ने बताए।‘जनताको जीवन रक्षा पहिलो कर्तव्य हो,’ प्रधानमन्त्री ओलीले भने। कोरोना खोप ल्याउने र जनतालाई लगाउने उनले बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति