बृहत् नागरिक आन्दोलनले आज सिंहदरबारमा धर्ना दिने

काठमाडौं, २७ असार ।  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध जारी आन्दोलनको समर्थनमा बृहत् नागरिक आन्दोलनले सिंहदरबारमा धर्ना दिने भएको छ । धरानमा आन्दोलन चौथो साता चलिरहँदासमेत सरकारले वार्ताका लागि पहल नगरेको भन्दै नागरिक आन्दोलनले दबाब स्वरूप सिंहदरबारमा धर्ना दिने भएको हो प्रतिष्ठानका विद्यार्थी, कर्मचारी, स्वास्थ्यकर्मी र चिकित्सकको पेचिलो आन्दोलनमा चौतर्फी नागरिक आवाज र व्यवस्थित प्रतिरोध भएन भने अपेक्षित नतिजा आउँदैन त्यसैल नागरिकहरू जो जहाँ छौँ त्यहीँबाट सार्वजनिक संस्थाको बर्बादीविरुद्ध संघर्षमा लाग्न बृहत् नागरिक आन्दोलन अपिल गर्दछ, विज्ञप्तिमा उल्लेख छ, यहि सन्दर्भमा भोलि बिहान ११ बजे सिंहदरबार धर्नामा यहाँहरू सबैको सशरीर उपस्थितिका लागि हार्दिक आह्वान गर्दछौँ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति