काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठवन्धनको बैठक बस्ने तयारी भइरहेको छ । विपक्षी गठवन्धनको तयारीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका विद्रोही नेता माधव नेपाललाई भेटेर परामर्श गरेका छन् ।
शनिवार अपरान्ह प्रचण्डले देउवासंग भेटेर माधव नेपाल र केपी ओली बीचको एकताका बारेमा समेत समीक्षा गरेको बुढानिलकण्ठ निकट स्रोतले बताएको छ । शनिबार दिउंस देउवालाई भेट्नु अघि प्रचण्डले माधव नेपालसँग उनकै निवासमा पुगेर छलफल गरेका थिए।
नेकपा एमाले विवाद सहमति उन्मुख भएको भनिएको बेला प्रचण्डले माधव नेपालसंग यथार्थ के हो भन्ने बारेमा चासो रोखेको बताइएको छ ।
प्रचण्डसँगको भेटमा नेता नेपालले सर्वोच्च अदालतको मुद्दा प्रभावित हुनेगरी कुनै पनि निर्णय नहुने बताएको प्रचण्ड निकट नेताले बताए । ती नेताका अनुसार नेपालले आफूलाई ओलीले इमान्दारी रुपमा एकता चाहेकोमा विश्वास नलागेको समेत बताएका थिए । नेता नेपालले प्रचण्डलाई ओलीले सर्वोच्च अदालतको निर्णयलाई प्रभावित पार्न सकिन्छ कि भनेर ओलीजीले कोशिश गरेको आफूले राम्ररी बुझेको बताए ।
यसैबीच विपक्षी गठवन्धनको बैठक माधव नेपालको समेत सहभागितामा गर्न खोजेको छ । स्रोतका अनुसार सम्भवत आइतबार अपरान्ह गठवन्धनको बैठक बस्नेछ ।
प्रतिक्रिया