महामारी र राजनीतिक अन्योलको बीचमा कांग्रेस महाधिवेशनको कुनै अर्थ छैन, अर्को एकवर्ष सार्नुपर्छ : प्रदीप गिरि, नेता नेकां

काठमाडौ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिले कोरोना महामारी र राजनीतिक अनिश्चयका बीचमा पार्टीको चौधौं महाधिवेशन गर्नुको कुनै अर्थ नभएको बताएका छन् । गिरिले भने ‘हामीले पार्टीको विधान २ वर्ष त उल्लंघन गरिसक्यौं भने अव अहिले नै महाधिवेशन गर्नु पर्छ भन्नुको कुनै तुक छैन । उनले भने राजनीतिक अन्योलका कारण पनि अर्को एक वर्षसम्मका लागि महाधिवेशन स्थगित गर्नु पर्छ ।’

एबीसी न्युज टेलिभिजनको कार्यक्रम आउटलुकमा प्रधान सम्पादक शुभशंकर कंडेलसंग कुरा गर्दै नेता गिरिले भने ‘कोरोना महामारीका बेला महाधिवेशन होइन, सबैलाई कोरोना विरुद्धको खोप लगाउन पहल गर्नु पर्छ । ‘
‘राजनीतिक अन्योलका कारण पनि महाधिवेशन हुने सम्भवाना छैन । अदालतको फैसला आएपछि तत्काल कांग्रेसको बैठक बसेर महाधिवेशनका बारे निर्णय गर्नु पर्छ । कानुनी छिद्र नै छेक्ने हो भने अर्को कुनै नाटक गरे हुन्छ’ गिरिले थप स्पष्ट गरे ।

नेपाली कांग्रेस यतिबेला विवारविहीन र गतिहीन रुपमा चलेकाले देश झन बर्वादीतिर गएको भन्दै नेता गिरिले भने ‘कांग्रेसभित्रका युवा पस्ताले हिम्मतका साथ ठूला कुरा होइन कि कम्तीमा पनि पार्टीको विधान अनुसारका कर्मकाण्ड पूरा गर्छौ भन्नु पर्ने बेला आएको छ ।’
देशको समसामयिक राजनीति र नेकांको महाधिवेशनका बारेमा केन्द्रित गिरिसंगको विचारोत्तजक अन्तर्वार्ता शनिबार राती ९ बजे, आइतबार विहान ८ बजे र दिउंसो ३ बजे प्रसारण हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति