दाङमा घर भत्केर मृत्यु भएका परिवारलाई राहत


दाङ२५ असार :
अविरल वर्षाका कारण घर भत्केर मृत्यु भएकी बालिकाको परिवारलाई जिल्ला प्रशासन कार्यालय दाङ र घोराही उपमहानगरपालिकाले राहत प्रदान गरेको छ । घोराही उपमहानगरपालिका–१७ क्वाडीस्थित घर भत्किँदा बिहीबार तीन महिनाकी बालिका बिन्दु चौधरीको निधन भएको थियो । घटनामा आमा र दिदी घाइते भएका छन् ।

मृतकका बुबा आशाराम चौधरीलाई घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट रु दुई लाख र उपमहानगरपालिकाको तर्फबाट किरिया खर्च रु २५ हजार गरी रु दुई लाख २५ हजार प्रदान गर्नुभएको थियो । राहत दिन प्रजिअ रामबहादुर लिम्बू कुरुम्बाङ, जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्ले र नगर प्रमुख चौधरी पीडितको घरमै पुग्नुभएको थियो ।

–––

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति