चीनबाट खरिद गरेको ८ लाख डोज खोप नेपाल आइपुग्यो

काठमाडौं, २५ असार । चीनबाट कोरोनाविरुद्ध खोपका ८ लाख डोज नेपाल ल्याइएको छ।नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले आज बिहानै भेरोसेल खोप काठमाडौं ल्याएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारले चीनको सिनोफार्म कम्पनीसँग किनेको भेरोसेल खोप पहिलो खेपमा ८ लाख डोज शुक्रबार ल्याइएको हो।

साउन ८ गतेसम्म अरू दुई उडानमार्फत भेरोसेल खोप ल्याइनेछ। यो खोप लगाउँदा ६० वर्षमुनिका नागरिकलाई प्राथमिकता दिइने सरकारले जनाएको छ।

विभिन्न स्थानबाट गरेर नेपालमा अहिलेसम्म कोरोनाविरुद्ध खोपका ४२ लाख ४८ हजार डोज ल्याइसकिएको छ भने ८ लाख ५१ हजार ३ सय नागरिकलाई पहिलो मात्रा लगाइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। १८ वर्षमाथिका २ करोड २० लाख नागरिकलाई कोरोनाविरुद्ध खोप लगाउने सरकारको लक्ष्य छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति