अमेरिका हिडेका सात नेपाली चढेको डुंगा क्यारेबियन सागरमा दुर्घटनामा बेपत्ता, एक नेपालीको उद्धारसमुन्द्रमा सात नेपाली वेपत्ता

काठमाडौं, २५ असार । क्यारेबियन सागरमा डुंगा दुर्घटना हुदा सात नेपाली युवा समुन्द्रमा बेपत्ता भएका छन् । अवैद्य ढंगले अमेरिका हिडेका नेपाली र विदेशीहरु सवार डुंगा गएको असार ५ गते नै कोलम्बियाको समुन्द्रमा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

डुंगामा सात नेपाली र अन्य विवेशी गरेर १८ जना युवा रहेका थिए । जसमध्ये एक नेपाली र केही विदेशीको उद्धार भएको छ । तर, सात नेपाली भने समुन्द्रमा बेपत्ता भएका छन् ।

अमेरिका छिर्नको लागि कोलम्बियाको नेपोलीबाट क्यारेवियनकोस्टस्थित कपुरगाडा जा“दै गर्दा डुंगा दुर्घटना भएको हो । डुंगा दुर्घटनामा परेर दाङ घोराहीका एन्जल बुढामगर, दाङको तुल्सीपुरका हेमराज अधिकारी, दाङकै पश्चिम हापुरेका रेशम डिंगामगर, पर्वत कुश्माका दिनेश गौतम, पर्वतको ग्यादीका राजु गुरुङसहित सात नेपाली युवा बेपत्ता भएका हुन् । सँगै बेपत्ता भएका अन्य तीनजना नेपाली युवाको भने नाम/ठेगाना खुलेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति