एमाले कार्यदलको बैठक ठोस छलफलबिनै सकियो, नेताहरुको अन्योलपूर्ण प्रतिक्रिया

काठमाडौं, २४ असार । नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदलको बैठक एजेन्डामा प्रवेश नै नगरी सकिएको छ । कार्यदलका सदस्य उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल उपस्थिति नभएपछि नेताहरु भोली बस्ने भन्दै उठेका हुन् । बैठकबाट निस्कँदै संस्थापन पक्ष र माधव नेपाल पक्षका नेताहरुले अन्योलपूर्ण प्रतिक्रिया दिए । ओली पक्षका शुभाष नेम्वाङले भोली साढे ११ बजे बस्ने बैठकले एकतालाई टुंगोमा पुर्याउने आशा व्यक्त गरे । माधव पक्षका नेता घनश्याम भुषालले चाहिँ १० दिनदेखि केही पनि प्रगति नभएको भन्दै निराशा व्यक्त गरे । भुषालले भने, ‘१० दिनदेखी हमी जहाँको त्यहीँ छौं ।‌

टुंगोमा पुग्ने कोसिस गरिरहेका छौं, भोलि बिहान बस्ने बैठकमा मिलाउने कोसिस गर्छौ ।’ नेम्वाङले भने, ‘३ वर्षअघिदेखिको विवादलाई ९र१० दिनमा यो अवस्थामा ल्याइपुर्याउनु पनि ठूलो कुरा हो, भोली टुंगोमा पुग्नेमा आशावादी छौं ।’ भुषालले १० दिनदेखि जहाँको त्यही रहेको भनि दिएको प्रतिक्रियाका सम्वन्धमा संचारकर्मीले प्रश्न गर्दा नेम्वाङले त्यो पनि सही भएको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति