बलिउडका ‘ट्रयाजेडी किङ’ दीलिपकुमार निधन

बलिउड अभिनेता दीलिपकुमारको निधन भएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार जुन ३० मुम्बईको हिन्दुजा अस्पतालमा भर्नामा भएका उनको बुधबार उपचारका क्रममा निधन भएको ह। उनी ९८ वर्षका थिए। विभिन्न रोगले सताएका उनी यसअघि जुन ६ मा पनि अस्पताल भर्ना भएर उपचारपछि डिस्चार्ज्ड भएका थिए।

बलिउडमा ‘ट्रयाजेडी किङ’ उपनाम पाएका दीलिपकुमारले फिल्म क्षेत्रमा ६ दशक बिताएका थिए।  यो अवधिमा उनले ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। उनको वास्तविक नाम युसुफ खान हो। 

देवदास (१९५५), नयाँ दौर (१९५७), मुघल-ए- आजाम (१९६०), गंगाजमुना(१९६१), क्रान्ति (१९८१), कर्म (१९८६) लगायत फिल्ममा उनको अभिनय निकै सशक्त छ।

उनले पद्म विभुषण, पद्म भुषण र दादासाहेव फाल्के अवार्ड पाएका थिए। भारतमा मात्र होइन उनले पाकिस्तानको सबैभन्दा उच्च नागरिक सम्मान निशान-ए-इम्तियाजबाट पनि सम्मानित भएका थिए। 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति