अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

काठमाडौं, २३ असार । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२१ को फाइनलमा पुगेको छ। बुधबार विहान सकिएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३९२ ले पराजित गर्दै अर्जेन्टिना उपाधि नजिक पुगेको हो। अब उपाधिका लागि अर्जेन्टिनाले आयोजक ब्राजिलसँग आगामी आइतबार विहान प्रतिस्पर्धा गर्नेछ। निर्धारित समयको खेल १९१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो। पेनाल्टी सुटआउटमा कोलम्बियाका सान्चेज, मेना र कार्डोनाको प्रहारलाई अर्जेन्टिनाका गोलकिपर इमिलियोले विफल पारेका थिए।

कोलम्बियाका लागि बोर्जा र काउड्राडोले मात्र गोल गर्न सके। अर्जेन्टिनाका लागि लिओनल मेसी, परेडेस र लाउटारो मार्टिनेजले गोल गोल गरे। डि पाउलको पेनाल्टी भने सफल हुन सके। त्यसअघि खेलको सातौं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो। अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गरे। कप्तान लिओलन मेसीले पेनाल्टी एरियामा दिएको पासमा मार्टिनेजले गोल गरेका थिए। लगत्तै अर्जेन्टिनाका गोलकिपर इमिलियो मार्टिनेजले कोलम्बियाले बराबरी गर्न गरेको प्रयासलाई विफल पारे।

उनले कोलम्बियाका काउडार्डोको प्रहारलाई विफल पारेका थिए। खेलको ४४ मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर पार्ने अवसर खेर फाल्यो। अर्जेन्टिनाका गोन्जालेजको हेड प्रहारलाई कोलम्बियाका गोलकिपर क्रस बारमाथिबाट आउट गरिदिए। गोन्जालेजलाई मेसीले पास दिएका थिए। ६१ मिनेटमा कोलम्बियाले बराबरी गोल फर्कायो। डियासले कार्डोनाले दिएको पासमा गोल गर्दै खेललाई १९१ गोलको बराबरीमा ल्याएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति