पेरूमाथि जित निकाल्दै ब्राजिल फाइनलमा

काठमाडौं, २२ असार । साविक विजेता ब्राजिल कोपा अमेरिका २०२१ को फाइनलमा पुगेको छ। मंगलबार विहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा पेरूलाई १–० गोलले पराजित गर्दै ब्राजिल उपाधि नजिक पुगेको हो।

ब्राजिलको जितमा लुकास पाक्युटा नायक सावित भए। उनले गरेको एक मात्र गोलको मद्दतमा आयोजक ब्राजिल लगातार दोस्रो पटक कोपा अमेरिकाको फाइनलमा पुग्न सफल भयो।

खेलको ३५ मिनेटमा गोल गर्दै पाक्युटाले ब्राजिललाई अग्रता दिलाएका थिए। नेइमारले उपलब्ध गराएको पासमा उनले पेनाल्टी बक्सबाट गोल गरेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति