एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, नेपाल पक्ष नजाने

काठमाडौं, १८ असार।  नेकपा एमालेले आजका लागि बोलाएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरू नजाने भएका छन्।

दशौं महाधिवेशन आयोजक कमिटी भंग गर्दै अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका थिए। शुक्रबार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ। पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बालुवाटारमा केन्द्रीय कमिटी बैठक बस्नेछ।

बिहीबार बुद्धनगरस्थित एक होटलमा बसेको नेपाल पक्षका स्थायी कमिटी बैठकले शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेका थिए।

सहमतिविना नै बैठक बोलाइएकोले सहभागी नहुने निर्णय गरिएको उपाध्यक्ष युवराज ज्ञवालीले बताए। अवैधानिक कमिटीले बैठक बोलाउनु आफैंमा अवैधानिक काम हो। त्यसैले यस्ता बैठकमा हामी सहभागि हुँदैनौ,’ उनले भने, ‘हामी पार्टी एकताको पक्षमा छौ। यसका लागि पहल हुनुपर्छ। अब औपचारिक वार्ता सुरु हुनुपर्छ।’पार्टीलाई २०७५ जेठ २ को संरचनामा फर्काउनका लागि दुवै पक्षका बीचमा वार्ता र छलफल भएर सहमति हुनुपर्ने नेपाल पक्षको भनाइ छ। बैठकभन्दा पहिला एजेण्डामा सहमतिसमेत नगरिएको नेपाल पक्षको भनाइ छ।अध्यक्ष ओलीले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमै रूपान्तरण गरेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति