राष्ट्रियसभामा राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं, १७ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने भएकी छन् ।नेकपा एमाले राष्ट्रियसभा प्रमुख सचेतक खिमलाल भट्टराईका अनुसार राष्ट्रपतिले सम्बोधन गर्ने मिति भने तय भएको छैन । ‘असारको २० वा २१ गते हुन सक्छ’ उनले भने । बिहीबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपतिले सम्बोधन गर्ने भनी सरकारबाट जानकारी आएको बताएका थिए ।राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन रहे पनि प्रतिनिधिसभा विघटन भएकाले यो वर्ष उनले संसदमा सम्बोधन गरेकी छैनन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति