रेष्टुरेन्टमा बम बिस्फोट, ७ जनाको मृत्यु

काठमाडौं, १४ असार । बंगलालेशमा बम बिस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ। घटनामा ५० जना घाइते भएका छन्।

बंगलादेशको राजधानी ढाकाको मोघबजार क्षेत्रमा रहेको एक भवनको रेष्टुराँमा बिस्फोट भएको बताइएको छ। बिस्फोटका कारण अन्य सातवटा घरहरुमा क्षति पुगेको छ भने केही सवारीसाधन पनि ध्वस्त भएका छन्। बिस्फोटका कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ।घाइते मध्ये १० जनाको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति