नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, १३ असार । सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान ९ बजेका लागि स्थायी कमिटि बैठक बोलाइएको पार्टीका सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठकमा ओली खेमाका स्थायी कमिटि सदस्यहरु मात्रै सहभागी भएका छन ।एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आन्तरिक छलफलका लागि बैठक डाकिएको जानकारी दिए पनि एजेण्डा निश्चित नभएको बताए।यसअघि शनिबार पत्रकार सम्मेलन गर्दै एमालेको असन्तुष्ट समूहका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष ओलीसँग अहिलेकै अवस्थामा सहकार्य गर्न नसकिने बताएका थिए।उनले विपक्षी गठबन्धनसँगको सहकार्य नतोड्ने प्रष्ट पारेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति