कर्णालीमा फ्लोर क्रस गरेका एमालेका ३ सांसद पुन:निलम्बित


काठमाडौँ, १२ असार । कर्णाली प्रदेशसभाका तीन जना सांसद एक महिनाका लागि निलम्बनमा परेका छन्। नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का तीन सांसद निलम्बनमा परेका हुन्।

निलम्बनमा पर्नेमा अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा छन्। नेकपा एमाले संसदीय दलको निर्णयअनुसार प्रदेशसभा सचिवालयले उनीहरुलाई निलम्बन गरेको हो।

‘एमाले संसदीय दल ९कर्णाली प्रदेश०को बैठकको निर्णयअनुसार माननीय अम्मरबहादुर थापा, माननीय कुर्मराज शाही, मानननीय नन्दसिंह बुढाले नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको निर्णयको पालना नगरेकोले एक महिनाका लागि नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको संसदबाट निलम्बित गरिएको भनी प्रदेशसभा सचिवालय कर्णाली प्रदेशलाई जानकारी प्राप्त भएकोले सोही व्यहोरोको सूचना सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ,’ प्रदेश सभा सचिवालयले प्रकाशन गरेको सूचनामा उल्लेख छ।

यसअघि वैशाख ३ गते फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका प्रकाश ज्वालासहित उनीहरु निलम्बनमा परेका थिए। तर जेठ २६ गते सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो।

निलम्बनमा परेका थापा हाल भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री, शाही भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन्। पुनर्बहालीपछि एमालेले मन्त्रीहरु सरकारबाट फिर्ता हुनुपर्ने माग राख्दै आएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति