युरोकपमा आजदेखि नकआउट चरणका खेल सुरु हुँदै


काठमाडौँ, १२ असार । युरोकप फुटबलमा आजदेखि नकआउट चरणका खेल सुरु हुँदैछन्।

नकआउट चरण अन्तर्गत आज राति दुई खेल हुँदैछन् । पहिलो खेलमा वेल्स र डेनमार्क तथा दोस्रो खेलमा इटाली र अष्ट्रिया भिड्दै छन् ।

नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा हुने वेल्स र डेनमार्कबीच खेल राति ९स्४५ बजे शुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ ।

समूह चरणका खेलमा डेनमार्कले रुसलाई र फिनल्यान्डलाई हराएको थियो भने बेल्जियमसँग पराजित भएको थियो । यस्तै वेल्सले स्विजरल्यान्डसँग बराबरी र टर्कीलाई हराएको थियो भने इटलीसँग पराजित भएको थियो ।

यस्तै, इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने इटाली र अष्ट्रियाबीचको खेल राति १२स्४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

इटलीले समूह चरणका तीनवटै खेल जितेको थियो । अस्ट्रियाले नर्थ म्यासेडोनिया र युक्रेनलाई हराएको थियो भने नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति