काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ जना प्रतिनिधि सभा सदस्यले बुझाएको हस्ताक्षर नै सम्पूर्ण आधार भएको बताएका छन् । थापाले भने तर राष्ट्रपतिले त्यो आधारलाई नमानेर सांसदको मतदानको अधिकार खोसेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा बुधबार संवैधानिक इजलासमा भएको सुनुवाइमा बहस गर्दै थापाले हाम्रो मतदानको अधिकार तपाईंले कसरी खोस्न पाउनुहुन्छ ? कसरी खाइदिन पाउनुहुन्छ राष्ट्रपतिज्यू ?
थापाले राष्ट्रपति भण्डारीले एमालेभित्र यस्तो हुन्छ, जसपाभित्र यस्तो हुन्छ भनेर दलको प्रकाशन गर्न कहाँ पाउनुहुन्छ भन्दै एकपछि अर्को प्रश्न गरेका छन् ।
‘१४९ को दाबा पेस गरेपछि तपाईं को हो एमालेका यतिले मत हाल्न सक्दैनन्, माओवादीका यतिले मत हाल्न सक्दैन भन्ने ?, हाम्रो मतदानको अधिकार खोस्ने ? थपाले इजालाशमा गम्भीर प्रश्न उठाए ।
थापा ससंगै महादेव यादव, बद्रबहादुर कार्की सहित देउवा पक्षका अरू चार जना वकिलले बहस गरेका थिए। यो मुद्दामा संवैधानिक इजलासमा भोलि पनि सुनुवाइ हुनेछ।
COMMENTS