एक सय २० कोरोना सङ्क्रमितको मृत्यु

मकवानपुर । मकवानपुरमा हालसम्म १२० कोरोना सङ्क्रमितको मृत्यु भएको जनाइएको छ । हालसम्म परीक्षण गरिएकामध्ये १० हजार ५४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोनाको दोस्रो लहरसम्म आइपुग्दा मकवानपुरमा ३३ हजार ६८९ जनाको पिसिआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पहिले कोरोनाको सङ्क्रमण धेरै भए पनि अहिले भने घट्दै गएको छ । हेटौँडा उपमहानगरपालिकामा कोरोना सङ्क्रमित धेरै जना देखापरेका छन् । जिल्लाका अरू नौ स्थानीय तहमा भने कोरोना सङ्क्रमण हेटौँडाको तुलनामा कम रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति