बेल्जियमको तेस्रो जित, डेनमार्क पनि नकआउट चरणमा

पेरिस, ८ असार । बेल्जियमले युरो २०२० मा सोमबार फिनल्यान्डलाई समूह ‘बी’ को खेलमा २–० ले हराएको छ । यससँगै टोलीले आफ्नो फुटबल इतिहासमा पहिलोपल्ट समूह चरणका सबै खेल जितेको उपलब्धि बनाएको छ ।

हारपछि फिनल्यान्डले भने नकआउट चरण पुग्ने सम्भावनाका लागि अन्य खेलका नतिजा कुर्नुपर्ने भएको छ । यसै समूहको अर्को खेलमा डेनर्माकले रुसलाई कोपनहेगनमा भएको खेलमा ४–१ ले हराई नकआउट चरणको यात्रा तय गर्न सफल रह्यो ।सेन्ट पिटर्सबर्गमा भएको खेलमा विश्ववरीयताको नम्बर १ टिमका लागि रोमेलु लुकाकुले एक गोल गरे भने अर्को गोल फिनल्यान्डका गोलरक्षक लुकास हारडेकीको नाममा आत्मघाती रह्यो ।

बेल्जियमको तीन खेलबाट अधिकतम नौ अंक भएको छ । डेनमार्क तीन अंकसाथ दोस्रो स्थानमा रह्यो । उसले अब आम्स्ट्रडममा हुने अन्तिम १६ को खेलमा वेल्सको सामना गर्ने निश्चित भएको छ । फिनल्यान्ड र रुस पनि समान तीन–तीन अंकमा रहे । डेनमार्कको जितमा मिखेल डाम्सगार्ड, युसुफ पोल्सन, आन्ड्रेस क्रिस्टेन्सन र जोकिम माहेलले एक–एक गोल गरे ।रुसका लागि आरटेन डेज्बाले एक मात्र गोल गरे । यससँगै टिम प्रतियोगिताबाट बाहिरिएको छ । बेल्ज्यिमले भने नकआउट चरणमा कसको सामना गर्ने हो, त्यसबारे निर्णय हुन बाँकी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति