बोर्डको विज्ञप्तिको झड्का : नेप्सेमा पहिरो

काठमाडौं २ असार ।नेपाल धितोपत्र बोर्डको एउटा विज्ञप्तिले बुधबार सेयर बजारमा पहिरो गएको छ। यस दिन नेप्से परिसूचक ५२.३९ अंकले घटेको हो। यो अंकको कमीपछि परिसूचक २९६९ अंकमा झरेको छ।

आज कारोबार रकममा पनि कमी आएको छ। दिनभर कुल १५ अर्ब ४८ करोड रुपैयाँको सेयर किनबेच भएको छ। हिजो १६ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको थियो।

माइक्रोफाइनान्सबाहेकका सबै समूह घटेका छन्। यी समूह मात्रै यस दिन १३९ अंकले बढ्यो।

यस दिन बैंकिङ ९, ब्यापार १०३, होटल तथा पर्यटन २०२, विकास बैंक १९४, जलविद्युत १४९, फाइनान्स १७२, निर्जीवन बीमा ४०३, उत्पादन २०४, जीवन बीमा ४०५ र अन्य ७० अंकले घटेका छन्।

बोर्डले विज्ञप्तीमा उल्लेख गरेका कम्पनीहरुको मूल्य नै यस दिन उच्च दरले घटेको छ। गोर्खा फाइनान्स, जोशी हाइड्रो, नेसनल हाइड्रो, छ्याङदी हाइड्रो, आँखु खोला जलविद्युत, बेस्ट फाइनान्स, पन्चकन्या माइ हाइड्रो, घलेम्दी हाइड्रो, पोखरा फाइनान्सको मूल्य करिब १० प्रतिशतले गिरावट आएको छ ।

त्यस्तै मल्टिपर्पोज फाइनान्स, दिव्यश्वरी हाइड्रो, नेपाल फाइनान्स, प्रोग्रेसिभ फाइनान्सको मूल्य पनि १० प्रतिशतकै हाराहारीमा घटेको छ।

आज सिइडिबी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो। त्यस्तै युनियन हाइड्रो र फस्ट माइक्रोफाइनान्सको मूल्य ७ प्रतिशतले बढ्यो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति